jQuery(document).ready(function($){ //
});

मनोरञ्जन क्षेत्रमा न्युन पारिश्रमिकमा श्रम र बौद्धिक सम्पत्तिको प्रयोग भएकोप्रति श्रमिकहरुले सरोकारवालाको ध्यान आकृष्ट गराएका छन् । महिनाको ५ हजार रुपैयाँ तलबमा काम गर्नुपर्छ । म हुक्का पिउँदिन, रक्सी खान्न भन्न पाइँदैन । खान्न भन्यो भने, तिमीहरुले खाएनौ भने मेरो व्यापार कसरी हुन्छ ? तिमीहरुलाई तलब कसरी दिनु भनेर साहुले बाध्य बनाउँछन् । दोहोरीमा काम गर्छु भन्दा समाजले हेर्ने दृष्टिकोण नराम्रो छ । हामीले लुकेर पेशा गर्नुपर्छ । यतिसम्म कि कोठा भाडामा लिन पनि आफूले गर्नेभन्दा अरु नै पेशा भन्नुपर्छ । रात अबेर घर जाँदा गेट नखोलेर कहिलेकाहीँ त अलपत्रै परिन्छ । मनोरञ्जन क्षेत्रका महिला श्रमिकले आफ्ना दुःख सुनाउँदै भनेका छन् — ‘हामीले के नराम्रो काम गरेका छौँ र यस्तो अवस्था भोग्नु पर्ने हो ? गीत गाउन र नाच्न साधना र मिहनेत चाहिन्छ । तर, यो वौद्धिक क्रियाकलापलाई समेत समाजले त बुझेन, सरकारले पनि बुझिदिएन भने हाम्रो पीडा सुनाउने ठाउँ नै बाँकी नरहने भो । प्रहरीसँग त हाम्रोभन्दा साहुको राम्रो सम्बन्ध हुन्छ । उनीहरुले हाम्रो कुरा सुन्दै सुन्दैनन् ।’

‘मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकहरुको नीतिगत सवालमा काठमाडौँ महानगरपालिका र ट्रेड युनियनहरुविच छलफल’ कार्यक्रममा श्रमिकहरुले आफ्ना दुःख यसरी सुनाएका हुन् । 

eHatiya

बाहिर २० रुपैयाँ पर्ने पानी दोहोरी तथा डान्स रेष्टुरेन्टमा २ सय रुपैयाँ बढी पर्छ । हामीले गीत गाइदिएका कारण ग्राहकहरु विल तिर्न राजी हुन्छन् । कति कति बेला त ग्राहकहरु पनि नराम्रो नियत राखेर भित्र आउँछन् । के हामीले कसैको दवाव नझेली श्रम मात्र गरेर पारिश्रमिक पाउँदैनौँ? छलफलमा नीना, सरिता र महेश (नाम परिवर्तन) दोहोरी रेष्टुरेन्टका गायक गायिकाले आफ्ना पीडा सुनाए । 

उनीहरुको पीडा सुनिसकेपछि महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, यस खालको समस्या समाधानका लागि महानगरको नेतृत्वमा व्यवसायी र श्रमिक सबै एकै मतले अगाडि बढ्नु पर्ने धारणा राख्नुभयो । ‘निर्णय र कार्यान्वयन दुवै प्रक्रियामा व्यवसायी र श्रमिक दुवै पक्षको सहभागिता भयो भने मात्र नीति बनाउँदा प्रभावकारी हुन्छ । नत्र नीति बनाएर मात्र चाहिँ समस्याको समाधान हुँदैन ।’ उपप्रमुख खड्गी श्रेष्ठको भनाइ थियो । यस्ता विषयलाई सामाजिक मुद्दाका रुपमा उठान गरेर राजनीतिक तहबाट समाधान खोजिनु पर्ने उहाँको मत थियो । 

यो साझा विषय हो । महानगरले गर्न खोज्ने, व्यवसायीले छलेर काम गर्ने भयो भने परिणाम ल्याउन सकिँदैन । व्यवसायीले मात्र होइन श्रमिकले पनि आफ्नो पेशाको मर्यादा ख्याल गर्नुपर्ने उहाँको तर्क थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO