युरोपा लिगमा आजदेखि क्वार्टरफाइनलका खेल हुँदै, को–को भिड्दैछन् ?

युरोपको दोस्रो ठूलो क्लब फुटबल प्रतियोगिता युरोपा लिगमा आजबाट क्वार्टरफाइनलका खेल हुँदैछन् । जसमा क्वार्टरका ४ खेल आज राति एकैदिन हुनेछन् । आज राति पहिलो लेगका खेल सकिएपछि दोस्रो लेगका खेल आगामी अप्रिल १८ तारिखमा हुनेछन् ।

आज राति हुने खेलमा इंग्लिस क्लब आर्सनल र इटालियन नापोली भिड्दैछन् । यो खेल आर्सनलको घरमा हुनेछ । अर्को खेलमा पराग्वेको क्लब स्लाभिया प्रहा र इंग्लिस क्लब चेल्सी भिड्दैछन् । यो खेल स्लाभियाको घरमा हुनेछ ।

तेस्रो खेलमा पोर्चुगिज क्लब बनेफिका र जर्मन क्लब आइन्ट्र्याच फ्रान्कफुर्ट भिड्दैछन् । यो खेल बेनफिकाको घरमा हुनेछ । आज हुने अन्तिम खेलमा दुई स्पेनिस क्लब भिल्लारियल र भ्यालेन्सिया भिड्दैछन् । यो खेल भिल्लारियलको घरमा हुनेछ ।

युरोप लिगका यी ४ वटै खेल एकै समय राति १२ः४५ बजेबाट सुरु हुनेछन् । खेल सोनी नेटवर्कका च्यानलबाट लाइभ हेर्न सकिनेछ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: