अब १२ कक्षा पास नगरेकाले मोबाईल बोक्न नपाइने

काठमाडौ । मोबाईलकै कारण किशोर किशोरीहरुले बाल विवाह गर्न थालेपछि समाजि अभियन्तहरु कडा रुपमा प्रस्तुत भएका छन् । उनीहरुले अब माध्यमिक तह कक्षा १२ पास नगेरेसम्म मोबाईल बोक्न नपाउनु पर्ने कानुन निमार्ण हुन जरुरी रहेको भन्दै कडा रुपमा आफ्नो धारण प्रस्तुत गरेका हुन् ।

बालबालिकाका क्षेत्रमा काम गर्ने विभिन्न सामाजिक संघसस्थाले आधारभूत तहदेखि नै किशोरकिशोरीको हातहातमा मोबाइल हुने भएकाले सञ्चारको दूरुपयोग गर्दा वाल विवाह बढेको अभियन्तहरुले बताएका छन् । फेसबुक, मोबाइललगायत सञ्चारका साधनले गर्दा बालविवाह न्यूनीकरणमा समस्या बढ्दै गएकोे किशोरी अभियन्ताहरुको भनाइ छ ।

 

सञ्चारका साधनले बालविवाह न्यूनीकरणमा सक्रिय किशोरीहरु पनि भागेर जाने गर्दा झनै समस्या भएको किशोरी रेजिना टेलरले बताइन् । उनले भनिन्, ‘पछिल्लो समय जिल्लामा सक्रिय किशोरी नै फोन र फेसबुकबाट कुरा गरेर भागेर जाने चलन रहेको छ ।’

अहिले जिल्लामा सबैभन्दा बढी किशोरी मोबाइलका कारण बलात्कारको शिकार हुनुपरेको समेत उनले बताइन्। बैतडी भारतसँगै जोडिएको जिल्ला भएकाले फोनमा फेसबुकमा कुरा गरेर भागेर भारत जाने गरेको उनको भनाइ छ ।

मोबाइलकै कारणबाट बैतडीको सीमा(नाका झुलाघाटबाट चालु आर्थिक वर्षमा बाल विवाह गर्ने २४ जना किशोरकिशोरीहरुलाई उद्धार गरेको प्रहरीले जनाएको छ ।

Facebook Comments

1 thought on “अब १२ कक्षा पास नगरेकाले मोबाईल बोक्न नपाइने

  1. sabai ko xora xori testa hudainan ani feri yo 21au satapdi ani aadhunik yugh ma ni k bal bachha le sanchar ko madhyam chalauna na paune……. yo jasle vandai hunu hunxa ni ho uha haru le aafno xora xori lai mobile na dida hunxa ni ta testo lagxa vane. k padai ko madhem ma mobile lai thapna mildaina hamile najane ko kura haru aaja voli samajik sanjar thata bivinna websitema pauna sakxau k hami tyo kura na padne purana pusta jhai hune kehi jane jasto tara najanne vae. yedi saknu hunxa vane sinus xora xori lai mobile tara tysma limitation ani time rakhdinu… tapaiko xora xori lai samaye samayema check garnu adeko xa ki nai vanere … xora xori lai mbl dine ani adeko pani bichar nagarne ho testa bau aama ka xora xori hun bal biwaha garne ….

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: